शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्य मन्त्रालयद्वारा जारी ४ बुँदे अपिल

काठमाडौ फागुन २२,   काठमाडौ फागुन २२ विश्वव्यपी आतंकको प्रारुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि गरिएको प्रयास सफल हुन नसकिरहेको अवस्थाका वीच नेपालमा यसको संक्रमण भित्रिन नदिन प्रभावकारी रोकथामको उपाए भनेकोनै उच्च सकर्तकता उपनाउनु हो । त्यसअर्थमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबैमा अपिल गरेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख तथा प्रवक्ता डा।बिकास देवकोटाद्वारा आज जारी ४ बुँदे अपीलमा क्रमस

  नियमित रुपमा साबुनपानीले मिचिमिची २० सेकेन्डसम्म हात धुने, बिरामी व्यक्तिबाट अरुमा संक्रमण नसरोस् भन्नका लागि र बिरामीको स्याहारमा संलग्न हुँदा मास्कको प्रयोग गर्ने, खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख छोप्ने र ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्दा गाह्रो हुने जस्ता समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।