बिहिबार, चैत्र १५, २०८०

मुलुकमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकार उच्च सतर्कतासहित क्रियाशील :सरकारका प्रवक्ता

काठमाडौं फागुन २२ , मन्त्रिपरिषदको गत फागुन १८ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोना संक्रमण रोकथामका लागि सरकारीस्तरबाट भइरहेका काम कारवाहीबारे संक्षिप्त जानकारी दिदै नेपालमा कोरोना संक्रमित नरहे पनि विदेशबाट आउनेहरुमार्फत संक्रमण नभित्रियोस् उच्च सर्तकता अपनाउँदै विभिन्न ३ वटा समिति निर्माण गरी संक्रमण भित्रिन नदिन आवश्यक तयारी गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै मन्त्री खतिवडाले यसका लागि विमानस्थलबाट प्रवेश गर्ने ६ ओटा प्रवेशद्वारसंगै स्थलमार्गबाट आउने यात्रुमार्फत पनि संक्रमण फैलन सक्ने भएकाले विभिन्न ३७ वटा नाकामा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको जानकारी दिदै भारतले नेपाल पठाउन रोकेका १३ प्रकारका औषधि फुकुवाका लागि पहल भइरहेको भन्दै मन्त्री खतिवडाले नेपालमा औषधिको अभाव नरहेको जानकारी दिनु भएको छ ।

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णयहरु :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।