शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषद् बैठक : जारी लकडाउनको आदेश चैत २५ गते राती १२ः०० बजेसम्मका लागि थपियो

कोरोना–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर  गठन

काठमाडौं चैत १६ , प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन यसअघि  जारी साताव्यापी लकडाउनको आदेशलाइ निरन्तरता दिदै थप ८ दिन जारी राख्ने निर्णय गरेको छ ।  बैठकले यसअघि चैत ११ गतेदेखि १८ गते बिहान ६ः०० बजेसम्मका लागि जारी गरेको उक्त आदेशलाई आजको बैठकले चैत २५ गते राती १२ः०० बजेसम्मका लागि बढाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले चैत १० लागू हुने गरी गरेको अन्तरराष्ट्रिय सीमानाका सबै प्रवेश नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णयलाई चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवमे सञ्चारमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

त्यस्तै उपप्रमको संयोजक्तवमा रहेको मौजुदा  कोरोना भाइरसको सङ्क्रमण, रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिलाइ ‘कोरोना–१९ क्राइसिस म्यानेजमेन्ट टीम नामाकरण गर्दै प्रस्तुत समितिले सरकारले चाल्नुपर्ने कदम, कार्यान्वयनको स्थिति र अहिले बनेका सरकारी संयन्त्रको निर्णय कार्यान्वयनका लागि कोरोना–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर समेत गठन गर्ने निर्णय गरेको छ । त्यस्तै समितिलाइ सरकारले जारी गरेका आदेश, सरकारले बनाएका क्वारेन्टाइन र आईसोलेसन अस्पतालको व्यवस्थापन लगायतका यावत पक्षलाइ नियमन सहित निर्देशन दिन सक्ने अख्तियारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829