शुक्रबार, चैत्र १६, २०८०

भारतसँगका सबै नाका तत्काल बन्द गर्न डब्लुएचओको सुझाव

काठमाडौं चैत ९, विश्व स्वास्थ्य संगठनले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । आज विहानको नियमित पत्रकार सम्मेलन मार्फत डब्लुएचओले भारतमा संक्रमण बढेकाले सीमा नाका बन्द गर्न सुझाव दिएको हो ।

नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउन पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।

यसैवीच कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।