शुक्रबार, चैत्र १६, २०८०

भारतमा २१ दिने ‘लक डाउनको घोषणा, घरको लक्ष्मण रेखा ननाघ्न प्रम मोदीको आग्रह

काठमाडौं  चैत ११ ,  भारतले मंगलवार मध्यरातिबाट लागु हुनेगरी पूर्ण ‘लक डाउन’ घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक देशवासीका नाममा सम्बोधन गर्दै लक डाउनको घोषणा गर्नुका अलावा २१ दिनको लक डाउन सफल नभएमा देश २१ वर्षपछि धकेलिने बताउँदै आम नागरिकलाई सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।

त्यस्तै प्रम मोदीले कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको र यसका लागि यसअघि घोषणा गरिएको जनता कफ्र्यूभन्दा लक डाउन निकै कडा हुने कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्दै संक्रमणको चक्रलाई तोड्नुको विकल्प नरहेको बताउँदै ‘कोरोनासँग लड्नका लागि सोसल डिस्टेन्सिङ जरुरी रहेको बताए । साथै कोरोनासँग तब मात्र बचिन्छ जब हामी घरको लक्ष्मण रेखा नाघ्दैनौँ,’ सम्बोधनको क्रममा प्रम मोदीले भने ।

त्यस्तै प्रम मोदीले कोरोनाको संक्रमितको उपचार, स्वास्थ्य पूर्वाधारको निर्माणका लागि १५ हजार करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको जानकारी दिदै म हात जोडेर प्रार्थना गर्छु की यो समयमा तपाई देशमा जहाँ हुनुहुन्छ त्यहिँ बसिदिनुस् दायाँ बाँया नगर्नुस ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।