बुधबार, बैशाख १२, २०८१

भाइरस संक्रमण प्रतिको सजगता : मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने

काठमाडौ‌ चैत ६, मनकामना दर्शन प्रालिले बढ्दो कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि भन्दै नेपालको पहिलो मनकामना केवलकार सेवा शनिबारदेखि चैत ३० सम्म बन्द गर्ने भएको छ ।

मनकामना दर्शन प्रालिले आज सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि केवलकारको सेवा बन्द गर्न लागेको जानकारी दिएको हो।

त्यस्तै विषम परिस्थितीको समयमा सामाजिक उत्तरदायित्व वहन गर्नु पनि आफैमा महत्वपूर्ण पक्ष भएको बताउँदै  कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु-याउन कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले संक्रमण फैलिन नदिन यस किसिमको निर्णय गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।