बुधबार, बैशाख १२, २०८१

बहुचर्चित सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पूर्ण प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन

काठमाडौ फागुन ३०,  संघीय संसद अन्र्ततको सार्वजनिक लेखा समितिले बहुचर्चित सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पूर्ण प्रक्रिया रद्द गर्न निर्देशन दिदै जिटुजी प्रक्रियाबाट नभइ यसको लागि ग्लोबल टेन्डरबाट प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।  प्रेस खरिद प्रक्रियामा आर्थिक अनियमितताको चचौभएसंगै समितिको आज बसेको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पूर्ण प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो ।

आजको बैठकमा लेखा समितिका सांसदहरूले सरकारलाई जिटुजी प्रक्रियाबाट हुने सबै खरिद प्रक्रिया खारेज गर्न सुझाव दिदै सार्वजनिक खरिद र सरकार– सरकारबीच हुने खरिदको गम्भीर समीक्षा गरिनुपर्ने माग समेत गरेका छन ।

त्यस्तै समितिले सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा भ्रष्टाचारको विषय आएकाले छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन पनि दिएको छ ।

स्मरण रहोस खरिद प्रक्रियामा अनियमितता गर्न तत्कालिन संचार मन्त्री गोकुल बास्कोटा नै लागेको सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा तत्कालिन मन्त्री बास्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।