शुक्रबार, बैशाख १४, २०८१

बरामद माक्स बजार मूल्यअनुसार बिक्री गर्न महान्यायाधिवक्ताको निर्देशन

काठमाडौ चैत ४,  कोरोना भाइरसको त्रास फैलिरहेको अवस्थामा कालोबजारीका लागि लुकाई राखेको अवस्थामा  सोमवार जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १ सय २० वटा कार्टुनमा राखिएको ८ लाख भन्दा बढि बरामद गरेको सर्जिकल माक्स बजार मूल्यअनुसार बिक्री गरी सो रकम प्रहरीकै खातामा राख्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएका छन ।

महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले सोमवार विज्ञप्ति जारी गर्दै बजारमा माक्सको अभाव भइरहेको अवस्थामा कालोबजारी गरेर राखेको माक्सलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न निर्देशन दिनुभएको हो ।

प्रहरीले बजारमा सर्जिकल माक्सको अभाव देखिएको अवस्थामा बढि मुनाफा लिदै कालाबजारी गर्न पल्लेकको काला व्यापारीद्दय सुरज गोयल र अर्का एक भारतीय नागरिक सुवास महेश्वरी समेतलाइ पक्राउ गरेको हो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।