शुक्रबार, चैत्र १६, २०८०

प्रेस विज्ञप्तिको माध्यमबाट सूचना वा समाचार प्रवाह गर्न महासंघको आग्रह

काठमाडौं चैत १०,  नेपाल पत्रकार महासंघले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने जोड दिएक छन ।

महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै सरकार र सम्बन्धित पक्षले कुनै पनि समाचार वा सूचना प्रवाह गर्न भिडभाडसहितको पत्रकार सम्मेलन नगरी आधिकारिक सामाजिक सञ्जाल, संचारमाध्यम वा प्रेस विज्ञाप्तिको माध्यमबाट सूचना वा समाचार प्रवाह गर्न आग्रह गरिएको छ ।

साथै विज्ञप्तिमा पत्रकार सम्मेलन गर्नै परे पूर्वसतर्कताका सम्पूर्ण उपायहरु अवलम्बन गर्न आग्रह गर्दै महासंघले पत्रकार र संचारमाध्यमले पनि आफूलाई पूर्ण सुरक्षित राख्दै आधिकारिक रुपमा पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्न र भ्रमपूर्ण र अफवाह फैलने कुनै पनि सामग्री संप्रेषण नगर्न सम्वद्ध सवै सञ्चारकर्मी सञ्चारमाध्यमलाइ आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।