शनिबार, बैशाख ८, २०८१

प्रवेश परीक्षा र भर्ना जारी राख्ने विद्यालयलाई तत्काल कारवाही माग

काठमाडौ चैत ८, सत्तारूढ नेकपा निकट विद्यार्थी सङ्गठन ले कोभिड–१९ को जोखिमलाई ध्यान दिई शैक्षिक संस्था बन्द र ठूला जमघट नगर्न सरकारले दिएको निर्देशन विपरीत कतिपय निजी विद्यालयले प्रवेश परीक्षा र विद्यार्थी भर्ना नरोकेकामा आपत्ति जनाएको छ ।

सो सङ्गठनका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले शुक्रवार एक विज्ञप्ति जारी गर्दै विषम परिस्थितीको अवस्थामा राज्यको निर्देशन विपरित हुने कुनै पनि किसिमको गैरजिम्मेवारपूर्ण हर्कतको भत्र्र्सना गर्दै त्यस्ता विद्यालयलाई तत्काल कार्वाही गर्न माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।