शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री ओली १० दिनपछि आज अस्पतालबाट ‘डिस्चार्ज

काठमाडौं फागुन ३० , दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओली १० दिनपछि आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । गत फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण   गरिएको थियो ।

यसअघि त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले उहाँको स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकहरुले आज डिस्चार्ज गर्न लागिएको जानकारी विज्ञप्ति मार्फ दिएका थिए ।   घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए । चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।  प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । प्रधानमन्त्री ओलीले यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा  पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।