शनिबार, बैशाख ८, २०८१

प्रदेशको नामाकरणका लागि दर्ता चारवटै प्रस्ताव अस्वीकृत , नाम र राजधानी चयन प्रक्रियाअन्यौलमा

काठमाडौं चैत ५ , जनक प्रदेश मिथिला–भोजपुरा प्रदेश वा मधेश प्रदेश कुन नामबाट प्रदेश नं .२ को नामाकरण गर्ने भन्ने विषयमा मंगलवार   प्रदेश न.२को प्रदेशसभामा भएको मतदान प्रक्रियाले कुनै निकास पाउँन सकेनन । प्रदेशसभा बैठकमा प्रदेश २ को नामकरणमा दर्ता भएका सबै प्रस्ताव मतदानबाट अस्वीकृत भएसंगै प्रदेश नामाकरण प्रक्रिया अवरुद्ध भएको हो ।

 नेकपाले प्रस्ताव गरेको जानकी, नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा, काँग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गर्नुभएको मध्यमधेश र सत्तारुढ दल समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको मधेश प्रदेशमा छुट्टाछुट्टै मतदान भए पनि कुनै प्रस्तावमा दुई तिहाइ मत पुग्न नसकेपछि चार   प्रस्ताव  प्रदेशसभामा दर्ता गराएका थिए ।
प्रदेश–२ को नामको वारेमा मतदानवाट निर्णय गर्नका लागि कुनै दलसंग  दुई तिहाई मत नभएका कारण प्रदेशको नामको टुंगो लगाउान् भएको निर्वाचना कुनै पनि प्रस्ताव उपर दुइ तिहाइ  मत नपुग्दा दर्ता भएको सवै प्रस्ताव अस्वीकृत भएको हो ।दर्ता भएको चारवटै प्रस्ताब अस्वीकृत भएपछि अव फेरी पुनः प्रस्ताव दर्ता गराएर नयाँ प्रकृयामा जानुपर्ने भएको छ ।

प्रदेश नंं २ मा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाको ३२ , काँग्रेसका १९ तथा संघीय समाजवादी पार्टीका १ गरेर १ सय ७ जना मतदाता रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।