बिहिबार, बैशाख १३, २०८१

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट

काठमाडौं फागुन २८, सेक्युरिटीप्रेस खरिदको कमिशन प्रकारण्मा मुछिएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

भक्तपुर जिल्ला मध्यपुर थिमि लोकन्थली वडा नं १ स्थित मनहरा प्लानिङमा रहेको बाँस्कोटाको  घरमा बुधबार बिहान पौने आठ बजे विष्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटका   कारण बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जनाउँदै आवश्यक अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।