शनिबार, बैशाख ८, २०८१

पूर्वराजा ज्ञानेन्द्रबाट प्रम ओलीको स्वास्थ्य लाभको कामना

काठमाडौं फागुन २०, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्वराजा शाहले दोस्रो पटक मिर्गौला प्रत्यारोप गराउन सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रम ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

पूर्वराजाका सहयोगी डा फणिराज पाठकद्दारा जारी विज्ञप्तिमा   उल्लेख भएअनुसार  दोस्रो पटक मिर्गौला प्रत्यारोप गराउँदै गरेका  प्रम ओलीको  स्वास्थयलाभको सन्देश  सहित तत्कालीन प्रमुख स्वकीय सचिव पशुपति महर्जन शिक्षण अस्पताल महाराजगन्ज जानु भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।