शनिबार, बैशाख ८, २०८१

पुनःनिर्माणमा संलग्नलाई सतर्क रहन प्राधिकरणको आह्वान

काठमाडौ चैत ७ , राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपाय अवलम्बन गर्न पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित सबैलाई आह्वान गरेको छ । विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण तथा पुनःस्थापना जारी रहेका बेला कोभिड १९ ले विश्वव्यापी रुपमा नै स्वास्थ्यमा प्रभाव पारेकाले विशेष सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको उल्लेख गर्दै प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा उपप्रम ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका निर्णयको कार्यान्वयन गर्न आग्रह गरिएकोे छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।