बिहिबार, बैशाख १३, २०८१

पश्चिमी वायुको प्रभाव :  उपत्यकासहित देशभर बिहानैदेखि वर्षा र बदली

काठमाडौ फागुन २४,  शुक्रबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  त्यस्तै महाशाखाले मार्च महिना “प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव बढ्दो रहे पनि यसको प्रभाव भने शनिवार साँझ सम्ममात्र कायम रहने जनाएको छ ।

साथै महाशाखाले । आइतबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ भने सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना औँल्याएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेका कारण सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।