मङ्लबार, बैशाख ११, २०८१

पशुपन्छी र जनावरको आहारा व्यवस्थापनको लागि महासचिव भण्डारीको अपिल

काठमाडौ चैत १५ ,    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले साताव्यापी लकडाउन गरेसंगै नागरिक त घर भित्रेै बस्दै जसोतसो आफ्नो गुजारा गर्दै आइरहेका छन । तर यसवीचमा मठ ,मन्दिर र सडक आसपासका क्षेत्रममा रहेका पशुपन्छी र जनावर भने भोकभोकै रहेको अवस्थाप्रति जो कोहि पनि जानकार भएपनि यसलाइ हदैसम्म् नजर अन्दाज गर्ने प्रवृति देखिएकोमा धार्मिक संघसंस्थाका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन ।

राजधानी र आसपासका क्षेत्रमा रहेका पशुपतिनाथ, स्वयम्भू ,हनुमानढोका लगायतका मठ मन्दिरमा भगवान दशनार्थ जाने भक्तजनले दिएको आहारामा निर्भर ती मानव आश्रित पन्छीपरेवा ,गाई , बाँदर ,कुकर लगायतका जनावर लकडाउनका कारण भक्तजन मठमन्दिर जान छोडेसंगै भोकभोकै भएको हो । त्यस्तै राजधानीको सडक ,पेटि र गल्लीमा भेटिने जनावर समेत यसवीचमा भोकले छट्पटाउँदै र कराउँदै जनावरहरुले आहारा खोज्दै दिन रात हृदयविदार आवाजमा कराउँदै हिडेको पाइन्छ ।

हो, यी यस्तै पन्छी परेवा र जनावरका कारुणिक आवाजलाइ मनन गर्दै विश्वहिन्दू महासंघ अन्र्तराष्टियका महासचिव अस्मिता भण्डारीले आज एक् विज्ञप्ति जारी गर्दै लकडाउनको यो अवस्थामा ती पशुपन्छी र जनावरको आहारा व्यवस्थापनको लागि आ – आफ्नो गाउँठाउँका नागरिक सवैलाइ आग्रह गर्नु भएको छ । साथै उहाँले प्रस्तुत प्रसंगमा सरकारको समेत ध्यानाकर्षण गराउँदै सडक, मठ मन्दिरमा भोकै भएका गाई , बाँदर ,कुकर आदीलाइ आवश्यक आहारको व्यवस्थापन गर्न विलम्व नर्गन आग्रह गर्नु भएको छ।

त्यस्तै उहाँले विश्वब्यापी फैलिएको कोभिड-१९ का विरुद्ध एकजुट हुँदै लकडाउन पालना गरौं , सामाजिक दूरी राख्दै आफ्नो र अरुको स्वास्थ्य प्रति सजग बन्न अपिल गर्नु समेत गर्नु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।