शुक्रबार, बैशाख ७, २०८१

नेपालमा तीन महिनासम्म पुग्ने औषधिको मौज्दात छ अत्तालिनु पर्दैन : एपोन

काठमाडौ फागुन २३ , नेपाल औषधि उत्पादक सङ्घ (एपोन) ले भारतबाट नेपाल निर्यात भइरहृेको २६ प्रकारका औषधि र औषधि जन्य सामाग्रीमा तत्कालका लागि रोक लगाए पनि नेपालमा तीन महिनासम्म पुग्ने औषधिको मौज्दात रहेका जनाउँदै औषधिको अभाव नहुने जनाएको छ । विश्वव्यापी प्रारुपमा फैलिरहेको कोरोना भाइरस बढ्दा प्रभावसंगै भारतले नेपाल निर्यात गर्दै  आएको २६ प्रकारका औषधि उत्पादनमा प्रयोगम प्रयोग हुने कच्चापदार्थ संगै औषधिमा समेत रोक लगाएसंगै नेपाली औषधि बजारमा औषधिको अभाव हुने हल्लाले प्रशय पाएको हो ।

सङ्घले आज पत्रकार सम्मेलन गरी तीन महिनाभन्दा बढी समयको सामान्य बजारका लागि आवश्यक औषधि र औषधि उत्पादनमा प्रयोग हुने आवश्यक कच्चापदार्थसंगै प्याकिङ मेटेरियलको  प्रर्याप्त मात्रमा मौज्दात रहेको जानारी दिदै यदि त्यस्तै अवस्था सिर्जना भए अन्य मुलुकबाट समेत औषधिका कच्चा पदार्थ खरिद गरी औषधिको अभाव हुन नदिने प्रतिवद्धता समेत अभिव्यक्ति गरिएको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जि नारायणबहादुर क्षेत्रीले हल्लाको पछि लाग्दै आवश्यकता भन्दा बढि औषधि सञ्चय नर्गन समेत आग्रह गनुभयो ।

त्यस्तै संघका महासचिव विप्लव अधिकारीले सरकारले विपदको समयमा मात्र औषधिको महत्व बुझ्ने गरेको बताउँदै भोलीका दिनमा जुनसुकै विषम परिस्थितीमा पनि निश्चिन्त रहनको लागि सरकारले नेपाली औषधि उद्योगसँग सहकार्य गर्नुपर्ने बताउनु भयो । साथै उहाँले नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा छन् भने ४२ अन्य नयाँ उद्योग निर्माणाधीन रहेको जानकारी दिदै नेपाली औषधि उत्पादक संघ नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पुर्याउन सदैव तत्पर र सक्षम रहेको जनाउ दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829