शुक्रबार, चैत्र १६, २०८०

नेपालमा कोरोना भाइरसको थप एक जना संक्रमित भेटियो

काठमाडौं चैत १२ , नेपालमा कोरोना भाइरसको थप एक नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले आज कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेसंगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ सय ८७ जनाको नमूना जाँच गरिएको मध्ये ३ जनामा कोरोनाको संक्रमण भेटिएको छ । यसमध्ये १ जना उपचारपछि निको भएर घर फर्केका छन भने दुइजनाको अस्पतालमै उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो पटक मंगलवार राति प्राप्त भएको कोरोना परीक्षणको रिपोर्टमा थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले बताए । संक्रमण देखिएका बिरामीलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको जानकारी उहाँले दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।