शनिबार, बैशाख ८, २०८१

दैनिक उपभोग्य सामग्री खरिदको लागि चिन्ता नर्गन सरकारको अपिल, समस्या परे ११३७ मा फोन गर्न आग्रह

काठमाडौं चैत ११, सरकारले कोरोनाभाइरसको जोखिम न्यूनिकरण तथा रोकथामका लागि भन्दै अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी आज बिहानबाट लागु हुने गरि ’लकडाउन’ गरेको छ ।

यसवीचमा अत्यावश्यक वस्तुको आपूर्ति नरोकिने र आवश्यक परे सरकारले नै घरघरमा डेलिभर गर्ने समेत बताएका छन । तर यसको लागि ११३७ मा फोन गर्नुपर्ने उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

त्यस्तै उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोग्य सामग्रीका लागि जनताले सास्ती भोग्न नपर्ने र यस समयमा खाद्य सामग्री, तरकारी तथा दूध बेच्ने पसल बन्द नगर्न निर्देशन जारी भएको बताउँदै आफ्नो घर र डेरानजिक पसल नखुले नजिकको प्रहरीको अनुमति लिएर पसलमा गएर उपभोग्य सामग्री गरिद गर्न सकिने जनाउ सहित सामान किन्न भीड नगरिकन जान सवैमा आग्रह गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।