बिहिबार, बैशाख १३, २०८१

दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन

काठमाडौ चैत ५ , प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएको जनाइरहँदा कोभिड–१९ (कोरोना) भाइरसको त्रास देखाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना भएसंगै दैनिक उपभोग्य वस्तु, औषधिलगायत अत्यावश्यकीय वस्तुको अभाव तथा सहज आपूर्तिका सम्बन्धमा सरोकारवालासँग छलफल गरेको हो ।

त्यस लगत्तै समितिले टलफलबाट प्राप्त निष्कर्ष अनुरुप उपभोग्य वस्तुको कृत्रिम अभाव गरिएका ठहर गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन निर्देशन दिएको हो । बैठकले अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारीमाथि कारबाही गर्न समेत भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।