बिहिबार, बैशाख १३, २०८१

टिपरको ठक्करबाट आमा – छोरीको मृत्यु

स्थानीय प्रशासनद्दारा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं चैत ४,  बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले सोमवार अपरान्ह पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा ठक्कर दिदा खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीा अनुसार टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईप्रका बनेपालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा रहेको समाचारमा उल्लेख गरिएको छ।

यसैवीच प्रदर्शनकारी प्रहरीवीच भएको झडप पछि थप अप्रिय घटना   घट्न नदिनका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको बताईएको छ । घटनाको विरोधमा स्थानीयले गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रशासनले आज विहान नौ बजेबाट कफ्र्यू लगाएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।