शुक्रबार, चैत्र १६, २०८०

चैत १ गतेबाट नेपाल आउने विदेशी, नेपाली वा गैरआवासीय नेपालीले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने

श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित,विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट जारी नगरिने,हिमाल आरोहण पनि स्थगित  

काठमाडौं फागुन ३०, विश्वव्यापी कोरोनाभाइरस संक्रमणको त्रास बढेसँगै वैदेशिक रोजगारीका लागि दिइने  अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने भएको छ ।  त्यस्तै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र संचालन गरिने भएको छ ।

बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्रै स्वास्थ्य परीक्षण गरी आवागमनजको व्यवस्था मिलाउने निर्णय गरेसंगै यसकिसिमको व्यवस्था गर्न लागेको हो । समितिको बैठकले नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि  नेपाल सरकारले श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको सरकार प्रवक्ता  समेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभएको हो ।

त्यस्तै गरि बैठकले यो सिजनको हिमाल आरोहण पनि स्थगित गर्ने निर्णय गरेको छ भने विद्यालय तथा कलेजहरु भने बन्द नगर्ने निर्णय तर संक्रमण देखिहालेमा यसबारे तत्काल नै निर्णय गरिने बैठकले निर्णय गरेको जानकारी दिदै उहाँले  चैत १ गतेबाट नेपाल आउने विदेशी, नेपाली वा गैरआवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने निति कार्यान्वयन गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।