बिहिबार, बैशाख १३, २०८१

कोरोना सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं फागुन २९, विश्व स्वास्थ्य सङ्गठनले कोराना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेसंगै नेपाल सरकारले सम्भावित जोखिम रोक्न सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको कोराना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकको विषयमा जानकारी दिदै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाइसकेको जानकारी दिदै पछिल्लो समय कोरोनाको प्रभाव देखिएको थप मुलुकका नागरिकका लागि समेत भिसा रोक्ने बताउनु भएको   छ । तर उहाँले ती मुलुक कुन-कुन हुन भन्ने विषयको जानकारी पछि दिइने बताए ।

त्यस्तै बैठकले मुलुकमा कुनै सङ्क्रमण नभएको तर सङ्क्रमण भइहालेमा त्यो बेलाको तयारीका लागि अहिलेदेखि नै क्वारेन्टाइन सेन्टर र आइसोलेसन वार्ड तथा उपकरणहरु र उपचारका लागि चाहिने यन्त्रहरुको आपूर्ति बढाउने निर्णय समेत गरेको जानकारी दिदै सङ्क्रमण नदेखिदासम्म विद्यालय र परीक्षा भने नियमित सञ्चालन रहने तर समस्या देखिए तत्कालै स्कुल बन्द गर्न सक्ने गरी निर्णय समेत हुन सक्ने जनाउ समेत दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।