शनिबार, बैशाख ८, २०८१

कोरोनाको विश्वव्यपाी प्रभाव – कोरियामा मात्र ८ हजार संक्रमित

  • -सविना कार्की

कोरिया फागुन २९, कोरोना भाइरसको त्रास विश्वभर फैलिरहेको छ । आज सम्म विश्वको १ सय १९ मुलुकमा कोरोना भाइरस फैलिसकेको छ भने उक्त भाइरसबाट विश्व भर संक्रमित हुनेको संख्या १ लाख २६ हजार ६ सय ८८ पुगिसकेको छ । जस मध्य ४हजार ६ सय ४० जनाको मृत्यु भैसको छ भने उक्त मृत्यु संख्यामा आज मात्र २ सय ५५ जनाको ज्यान गयको छ निको भएर घर फर्कनेको संख्या ६८ हजार ३ सय २८ जना रहेको कोरोनाबोर्ड डट केआरको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार चिन पछिको दोस्रो / तेस्रो मुलुक इटाली र इरान भएको छ । इटालीमा संक्रमित संख्या १२ हजार ४ सय ६२,मृत्यु हुनेको संख्या ८ सय २७ जना पुगेको छ भने इरानमा आज सम्म ९ हजार संक्रमितको संख्या नागेको थाहा भएको छ ।

त्यूतै कोभिड १९ संक्रमितको आहाल अन्र्तगत कोरियामा आज मात्र ११४ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ७हजार ८६९ पुगेको छ भने मृत्यु ६७ र निको हुनेको संख्या ३सय ३३ पुगेको छ। पछिल्लो समय कोरीयामा कोरोना भाइरस संक्रमितको संख्या ७हजार ८६९ पुगेपनि क्रमस संख्या घट्दो अबस्थामा रहेको बताईएको छ ।

त्यस्तै अमेरिकामा उक्त भाइरसको संक्रमित संख्या १ हजार ३ सय ३६ जना र मृत्युु ३८ जना पुगिसकेको थाहा भएको छ । यद्यपी अमेरिका संक्रमित हुनेको ८ औँ स्थानमा पुगेको छ । त्यस्तै क्यानाडामा ११८ जाना संक्रमित , १ को मृत्युु भएको समाचार एजेन्सीहरुले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।