शुक्रबार, चैत्र १६, २०८०

कोरोनाको पछिल्लो संक्रमण स्थितीका कारण डब्लुएचओद्वारा विश्वव्यापी महामारीको घोषणा

समाचार एजेन्सी फागुन २९, विश्वका १ सय २० धेरै देशहरुमा प्रभाव फैलाउँदै आएको कोरोना भाइरसको पछिल्लो संक्रमणको स्थितीका कारण विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले विश्वव्यापी महामारीको घोषणा गर्दै भाइरसलाई हल्कारुपमा नलिन अपिल गरेको छ ।

डब्लुएचओ’ले नियमित पत्रकार सम्मेलन मार्फत महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले भाइरसको रोकथामको लागि सचेत हुन विश्व समुदायलाई आग्रह गर्दै भाइरस नियन्त्रणको लागि आक्रामक निर्णय लिन समेत समेत विश्व समुदायलाइ भनेको छ ।

डब्लुएचओका अनुसार ४ हजार ६ सय १६ जनाको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । तिमध्ये ३ हजार १ सय ५८ चिनका र १ हजार ४ सय ५८ अन्य मुलुकका छन् । भाईरसवाट हालसम्म १ लाख २६ हजार १ सय २१ संक्रमित रहेको जनाएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।