शुक्रबार, चैत्र १६, २०८०

कोरोनाको अफवाहपूर्ण अडियोबारे प्रहरीबाट अनुसन्धान शुरु

काठमाडौं चैत ८, सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसका बारेमा अफवाह फैल्याउनेमाथि   नेपाल प्रहरीको साइबर व्यूरोले  अनुसन्धान शुरु गरेको छ । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको भन्दै अडियो सन्देश पठाएर जनमाानसमा त्रास र्सिजना गर्न खोज्ने ती सामाजीक अपराधीका बारेमा अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको हो ।

विपदको समयमा भ्रामण सुचना फैल्याएर सर्वसाधारणलाई आतंकित पार्ने ब्यक्तिलाई छिट्टै पक्राउ गरिने जनाउँदै भ्रामक तथा अतिरञ्जित सामाग्री प्रचार , प्रसार नगर्न र आधिकारिक माध्यमवाट आउने जानकारीको मात्रै विश्वास गर्न पनि आग्रह गरेको छ ।

यसैबीच प्रस्तुत हल्लाको नर्भिक अस्पतालले खण्डन गरिसकेको छ । अस्पतालले आज जारी गरेको विज्ञप्तिमा कोरोना भाइरसको परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुने प्रष्ट पार्दै कोरोनाका बिरामी नर्भिकमा उपचाररत भन्ने हल्लामा सत्यता नभएको प्रष्टोक्ति दिएको हो । ज्ञात रहोस सरकारका अनुसार नेपालमा अहिलेसम्म कोरोनाबाट कोही पनि संक्रमित नभएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।