शुक्रबार, चैत्र १६, २०८०

कोेरोनाको त्राससंगै  मास्क र स्यानेटाइजरका व्यवसायीको चकाचक, खोजीखोजी कारवाही गर्नुपर्ने जिकिर

काठमाडौं फागुन २५,   चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले पछिल्लोसमय विश्वव्यापी फैलिएको छ। नेपालमा भाइरस सक्रमीतको प्रत्यक्ष पहिचान नभएपनि उच्च सतर्कता अपनाउँदै आवश्यक गतिविधी सञ्चालन गर्नेकाम शुरु भइसकेका छन । यसको लागि नेपाल सरकारल पनि कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि ३ अलग समिति गठन गरिसकेका छन ।

त्यस्तै औषधि व्यवस्था विभागले मिति २०७६ माघ १७ गते रसायन तथा मेडिकल आपुर्ति संघ नेपाललाइ पत्राचार गर्दै नोवेल कोरोना भाइरसका कारण अन्तराष्ट्रिय स्तरमा नै जनस्वास्थ्य विपतको अवस्था आइपरेको र नेपालमा पनि यसको प्रभाव रोकथाम एव नियन्त्रण गर्न विविध रणनितीक क्रियाकलाप सञ्चालन भइरहेको जनाउँदै यसको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री मास्क ,पन्जा हेण्ड सेनिटाजरको अत्याधिक माग भइरहेकोले यी सामाग्रीको मौज्दात राख्न सकुर्लर जारी गरेको एकाध दिनमानै औषधिको बजारमा मास्क , स्यानिटाजर लगायतका सामाग्रीको कालाबजारी हुन थालेको समाचार प्राप्त भएको छ ।

सामान्य दिनमा एक वटटको नेपाली नब्बे रुपैया पर्ने मास्कको बजारमा ३ सय देखि ३ सय पचार र उस्तै ताल परे  ५सय रुपैया सम्ममा पनि विक्रि गर्दै प्रत्यक्ष कालाबजारी शुरुभएको  समाचार स्रोतको दावी रहेको छ ।  औषधिको जक्शन मानिएका क्षेत्रपाटी स्थित पसलमानै यस किसिमको कालाबजारीले प्रशय पाएको दावी गर्दै समाचार स्रोतले भने९ मास्क र स्यानेटाइजरको व्यापार व्यवसायी चकाचक भएको बताएका छन ।

केहि समय अघि डेङ्गगुकोको प्रकोप फैलिएको समयमा पनि ODOMOS  क्रिमको  यस्तै कालाबजारी शुरुभएपछि नियमक निकाय लगायतका अन्य सम्वद्ध नियमक निकायबाट अनुसन्धान भएपछि उल्लेख्य मात्रामा स्टोरेज इम्इःइक् बरामद गरेको औषधि बजारमात्र नभइ अन्य क्षेत्रका औषधि पसल जाँहा मास्क लगायतका सामाग्रीको विक्रि वितरण हुन्छन त्यहाँ मास्क किन्न  जाँदा ग्राहको अनुहार हेर्ने र आफुले भने मुताविक मुल्य नदिए छैन भन्दै दोहरो संवादनै नगर्ने प्रवृति देखिन थालेको बताउँदै कोरानाको त्राससंगै  मास्क र स्यानेटाइजरका व्यवसायी चकाचक हुँदै आएको छ।

यसको ज्वलन्त प्रमाण भनेको महानगरीय प्रहरी वृत्त जनसेवाले राजधानीस्थित प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार पक्राउ गरेको छ। प्रहरीका अनुसार गुप्तालाइ ह्याण्ड स्यानेटाइजर कालोबजारी गरेको अभियोगमा पक्राउगर्नुलाइ लिन सकिन्छ । प्राप्त जानकारी अनुसार प्रिया ट्रेडर्सले ५६ कार्टुन ह्याण्ड स्यानेटाइजरको कालोबजारी गर्दै एकसय दस रुपैयाँ पर्ने स्यानेटाइजरको । तीन सय रुपैयाँमा विक्री गर्दै आएको बुझिएको छ। प्रहरीले पक्राउ परेकालाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको जानकरी दिदै गुप्ताको बाङ्गेमुडास्थित पसलबाट ८१४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ जसको बजार मूल्य दुई लाख ५६ हजार ५२० रहेको जनाएको छ।

यसैवीच विषम परिस्थितीमा मौका खोज्दै कालाबजारी सहित दिन दुइगुणा रात चौगुणाको रफ्तारमा कमाउँन पल्केका गुप्ता जस्तै अन्य व्यापारीको जसले मेडिसिन हव मानिएके क्षेत्र पाटी बजार संगै राजधानीक अस्पताल आसपासका फार्मेसिमा धावा वोल्दै कारवाही गर्नु आवश्यक छ । त्यस्तै उपभोक्ताले पनि यस्ता व्ययवसायीको जानकारी तत्काल नियमक निकायमा गराउँदै व्ययवसायीलाइ नाङ्गेझार बनाउने दायित्व निर्वाह गर्न आवश्यक देखिन्छ । त्यस्तै यसवीचमा कालाबजारी विरुद्ध वाणिज्य विभाग संगै राज्य मातहतका अन्य निकायबाट हँदै आएको पहलद्मी तारिफयोग्य रहेको स्वयम औषधि व्यवसायीको अभिमत व्यक्त गर्दै मास्क र स्यानेटाइजरका कालाबजारीलाइ खोजीखोजी कारवाही गर्न विलम्व गर्न नहुने बताएका छन ।

यसैप्रसंगमा हामीले आफ्नो तह तप्काबाट मास्क र स्यानेटाइजर उत्पादकको सूची तयार पार्दै यी मध्ये कालाबजारी व्यवसायीको सूची सहितको फेहरिस्त तयार पार्दै गरेको जानकारी सहित आम उपभोक्ता र व्यसायीवृतलाइ आफुसंग भएको त्यस्ता कालाबजारीको जानकारी वा सूचना उपलबध गराउँन अनुरोध गर्दछौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।