शुक्रबार, चैत्र १६, २०८०

कोभिड- १९ संक्रमणको आशंकामा वालकत्रय कान्ति बाल अस्पतालमा भर्ना

काठमाडौं चैत ११ , कोरोनाको संक्रमणको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएसंगै ३ बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।वालकत्रयमध्ये आइतबार एकजना र सोमबार दुईजना गरी ३ जना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा। कृष्ण पौडेलले कोरोनाको आशंकामा आइतबार भर्ना भएका १४ वर्षीय बालक र सोमबार भर्ना भएका बालकद्दयका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुग्दै सम्पर्कमा रहेका कारण बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको बताईएको छ ।

प्राप्त जानकारी अनुसार आइतबार आइसोलेसनमा भर्ना भएका बालकका बाबु दुबइबाट फर्किएका र सोमबार भर्ना भएका एक बालका काका चीनबाट र एक बालका बाबु कतारबाट फर्किएको अस्पतालले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।