शनिबार, बैशाख ८, २०८१

कालोबजारी विरुद्ध प्रहरीको विशेष अप्रेशन : १० लाख मास्कसहित गोरखाका युवराज न्यौपाने पक्राउ

काठमाडौं चैत ५ , नेपाल प्रहरीले कालो बजारी विरुद्ध विशेष अप्रेशन सञ्चालन गर्ने क्रममा राजधानीको सानो भर्‍याङबाट लुकाइ छिपाइ राखेको अवस्थामा आज १० लाख मास्कसहित गोरखाका युवराज न्यौपानेलाइ पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार कोरोना भाइरसको विश्वव्यापी आतंक विरुद्ध जनमानसले मास्क प्रयोग गर्न नपाइरहेको अवस्थामा सामान्य मुल्यको मास्क बढि मुल्यमा वेच्दै छोटो समयमानै धनी बन्ने अभिलासाका साथ मास्क कालोबजारी गर्दै आइरहेका न्यौपानेलाइ पक्राउ गरेको जनाएको छ ।

स्मरण रहोस नेपाल प्रहरीले पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको छ । यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।