शुक्रबार, बैशाख ७, २०८१

कालाबजारीको हरिविजोग, ८ लाख भन्दा बढि सर्जिकल मास्क सहित गोयल र महेश्वरी पक्राउ

काठमाडौं चैत ३, कोरोना भाइरसको प्रकोप विश्वव्यापीभएसंगै वसरको फाइदा उठाउँदै कालाबजारी गर्न पल्लकेका सर्जिकल मास्कका काला व्ययापारी धामाधम पक्राउ पर्न थालेका छन ।

यसैक्रमा आज जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १ सय २० वटा कार्टुनमा राखिएको ८ लाख भन्दा बढि सर्जिकल मास्क बरामद गरेसंगै कालाबजारी व्यवासायीको हरिविजोग भएको हो ।

त्यस्तै प्रहरीले बजारमा सर्जिकल मास्कको अभाव देखिएको अवस्थामा बढि मुनाफा लिदै कालाबजारी गर्न पल्लेकको काला व्यापारीद्दय सुरज गोयल र अर्का एक भारतीय नागरिक सुवास महेश्वरी समेतलाइ पक्राउ गरेको हो । यसअघि प्रहरीले राजधानीको डल्लुबाट ७८ हजार र कपनबाट १ लाख ६८ हजार मास्क बरामद गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।