शनिबार, बैशाख ८, २०८१

औषधिको प्रयाप्त मौज्दात रहेका कारण उपभोक्तालाइ नअत्तालिन आग्रह

काठमाडौं फागुन २२,  विश्व स्वास्थ्य संगठनले नेपाल सहित दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेसंगै नेपाल सरकार सहित मातहतका सम्वद्ध निकायहरु यस विषयमा गभ्भीर भएका छन ।

भारतबाट निर्यात हुने औषधि ठप्प भएपनि हामीलाई आवश्यक औषधिको मौज्दात रहेको बताउँदै यसवीचमा उपभोक्ता र व्यवसायी दुवैले आत्तिएर धेरै किन्ने वा मौकाको फाइदा उठाउँदै बढी मूल्य लिएर बेच्ने प्रवृतिमा भने निगरानी आवश्यक :महासचिव  आचार्य

यसैक्रममा नेपाली औषधि वजारमा ६० प्रतिशत भन्दा बढि औषधि निर्यात गर्दै आएका भारतले २६ प्रकारका औषधि र औषधि बनाउँन प्रयोग हुने कच्चा पर्दाथ निर्यात कटौती गर्ने घोषणा गरेपछि मानव स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने राज्य मातहका निकाय औषधि व्यवस्था विभागले बुधवार वाणिज्य मन्त्रालयका प्रतिनिधी , स्वास्थ्य मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख तथा प्रवक्ता डा।बिकास देवकोटा संगै औषधि व्यवसायसंग सरोकार राख्ने औषधि आयातकर्ता संघ , औषधि उत्पादक संघ लगायतका संघ संस्थाका जिम्मेवार प्रतिनिधीवीच भारतले औषधि कटौती गर्दा नेपालमा पर्ने प्रभाव विषयक संयुक्त अन्र्तक्रियामा भारतीय घोषणाले नेपाली जनमानसमा औषधिको अभाव हुने भन्ने जस्ता अनेकन प्रभावका सवालमा चिन्तन मनन सहित बजारमा चलेको हल जस्तो तत्काल मुलुककमा औषधिको अभाव नहुने निष्कर्षको पहिचान गर्दै नेपाली उपभोक्तालाइ नअत्तालिन आग्रह गरकेो छ ।

त्यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले औषधि व्यवसायी, औषधि उद्योग र नेपाल सरकारसँगको औषधि मौज्दात रहेका कारण आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाउ दिदै नेपाल सरकारले अनुरोध गरेको अवस्थामा भारतले निर्यातमा रोक लगाएका ती औषधि तथा कच्चापदार्थ उपलब्ध गराउने विस्वास व्यक्त गर्दै यसवीचमा हुन सक्ने औषधिको कालोबजारी र कृतिम अभावप्रति लक्षित हुँदै भने यदि यस्तो अवस्था पाईएमा हदैसम्मको कारवाही हुन्छ यसको लागि विभागको तर्फबाट प्रत्यक्ष परोक्ष अनुगमन भइरहेको बताए ।

त्यस्तै अन्र्तत्रियामा सहभागी प्रतिनिधिहरुमध्ये औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले छलफल पछि हामीसंग कुरा गर्दै नेपालमा त्यस्तो कुनै विषम परिस्थिती सृजना नभए आगामी ३ देखि ४ महिनाको लागि पुग्ने कुनैपनि किसिमका औषधिको प्रयाप्त मौज्दात रहेको जनाँदै भारतको तर्फबाट औषधि र औषधि जन्य सामाग्रीको निर्यातमा हुने भनिएको कटौतीले खासै असर नगर्ने छलफलको निष्कर्ष रहेको जानकारी दिदै अत्तालिनु पर्ने अवस्था नरहेको जानकारी दिनु भएको हो । साथै महासचिव आचार्यले हल्लाको पछि नलागौँ । भारतबाट औषधि ठप्प भएपनि हामीलाई आवश्यक औषधिको मौज्दात रहेको बताउँदै यसवीचमा उपभोक्ता र व्यवसायी दुवैले आत्तिएर धेरै किन्ने वा मौकाको फाइदा उठाउँदै बढी मूल्य लिएर बेच्ने प्रवृतिमा भने निगरानी गर्नु पर्ने बताए ।

एकतर्फ भारतले औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणासंगै नेपालका आम उपभोक्तावृतमा औषधिको अभाव हुने त्रासलाइ औषिधि जगतमका नियमक निकाय औषधि व्यवस्था विभागका पहलकद्मी र औषधि आयातकर्ता संघका महासचिव आचार्यको भनाइले केहि हदसम्म भएपनि त्राण सहित आम सर्वसाधारणमा निश्चिन्तताको वातावरण मौलाएको छ ।

यसवीचमा प्राप्त जानकारी अनुसार भारतमा पनि कोरोना भाइरसबाट संक्रमितको सङ्ख्यामा वृद्धि हुँदै गर्दा एकातिर कच्चा पदार्थको अभाव त अर्कोतिर देशभित्रै भविष्यमा आउनसक्ने माहामारीलाई संकेत गर्दै भारत सरकारले नेपाल लगायत अन्य मुलुकमा गर्दै आएको  पारासिटामोल मेट्रोनिडाजोल, टी निडाजोल भिटामिन १ भिटामिन बी ६ त्यसैगरी एरिथ्रोमाइसिन एण्टीबायोटिक लगायतकाऔषधिको निर्यातमा रोक लगाएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।