शुक्रबार, चैत्र १६, २०८०

एनएमएसआरएमा नयाँ नेतृत्व

काठमाडौं फागुन २३,  गत माघ २५ गते नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ (एनएमएसआरए)  ले नयाँ नेतृत्व पाएको छ ।  गत माघ २५ गते विराटनगरमा सम्पन्न संघको ०२७ औ केन्द्रीय महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि भएको   निर्वाचनको क्रममा  सहमतिको प्रयास विथोलिसंगै संघको निर्वाचनका सवै प्रक्रिया  तत्कालका लागि स्थगन गरिएको थियो ।

प्राप्त जानकारी अनुसार संघको गत शनिवार बसेको परिषदको बैठकले अध्यक्षमा अनिल दाहाल  ओजन फर्मा फर्मास्युटिकल्स र महाचिवमा सुनिल कुमार श्रेष्ठ ओजन फर्मा फर्मास्युटिकल्स त्यस्तै वरिष्ठ उपाध्यक्षमा धुव्रराज कोइराला स्यानोफी फर्मास्युटिकल्स ,उपाध्यक्षमा उद्धवसिंह विष्ट र सचिवत्रयमा उमेश रेग्मी, धुव्र गोहराथोकी र पुष्पराज माझीलाइ सहमतिमा चयन गर्नुको अलावा   पदस्थापना समेत  भइसकेको संघका निर्वतमान अध्यक्ष शितल श्रेष्ठले जानकारी दिदै बाँँकी पदाधिकारी उपाध्यक्ष , कोषध्यक्ष र सहकोषाध्यक्ष पद भने तत्काललाइ रिक्त रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।