बिहिबार, बैशाख ६, २०८१

आयोगद्वारा २ करोड रुपैयाँ सरकारलाई फिर्ता ,फिर्ता रकम कोभिड-१९ को रोकथाममा प्रयोग गर्न आग्रह

काठमाडौ चैत १८,  कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सरकारलाई सहयोग पुगोस् भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट रु २ करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमबाहेक अन्य कार्यक्रम स्थगन गरी उक्त रकम सरकारलाई फिर्ता गर्ने निर्णय गर्दै फिर्ता गरिएको उक्त रकम कोरोनाभाइरस नियन्त्रण र रोकथाममा प्रयोग गर्न आग्रह गरेको आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले  विद्यमान संकटको यस घडिमा सरकारलाई आवश्यक सहयोग पुर्‍याउन सबै निकाय, नागरिक समाज, मानवअधिकारकर्मी, उद्योग व्यवसायी संगै निजी क्षेत्रलाई समेत अनुरोध गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।