बुधबार, बैशाख १२, २०८१

आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहलाइ

काठमाडौ चैत १६ , गृहमन्त्री रामबहादुुर थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले मुलुकको विषम परिस्थितीको यो समयमा आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने लगायतका १० बुँदे निर्णय गरेको छ ।  गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, महानगरपालिका तथा नगरपालिकाका प्रमुखको उपस्थिती रहेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व समेत रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै अत्याआवश्यक दैनिक उपभोग्य सामाग्रीको बिक्री वितरण गर्दा न्यूनतम एक मिटरको दूरी कायम गर्ने, वडास्तरीय समितिले आफ्नो वडाभित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिको लगत सङ्कलन गर्दै समितिले सहयोगस्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने र यसरी सहयोग उपलब्ध गराउदा चार जनाको परिवारलाई पुग्नेगरी एउटा र चारजनाभन्दा बढी परिवार भएकालाई अर्को प्याकेज बनाउँने निर्णय गरेको छ ।

त्यस्तै यसवीचमा कुनैपनि सङ्घ संस्थाले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहलाई सम्पर्क गर्दै समिति मार्फत सहगाृग गर्नु पर्ने सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण गर्न नपाउने, वितरणमा दोहोरोपना हुन नदिने निर्णय संगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।