बिहिबार, बैशाख १३, २०८१

आज मध्यरात्रीबाट टेलिकमका ग्राहकले रिचार्ज बराबरकै रकम वोनसमा पाउँने

काठमाडौं चैत १२ , नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको समयमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र ऋण दिन निर्देशन जारी गरेसंगै नेपाल टेलिकमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस दिने भएको छ ।

टेलिकमका अनुसार यसरी दिइने रिचार्जबराबरका बोनस सरकारले तोकेको ७ दिने लकडाउन अवधिको लागि मात्र हुने जनाउँदै रिचार्ज बराबरको प्राप्त बोनस रकमलाई लकडाउन अवधिभरमा सक्नुपर्नेछ  अन्यथा प्राप्त बोनस काटिने जनाएको  छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।