शनिबार, बैशाख ८, २०८१

आज प्रम ओलीको मिर्गौला प्रत्यारोपण गरिँदै

काठमाडौं फागुन २१,  प्रधानमन्त्री केपी ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण आज गरिँदै छ । ओलीको मिर्गौला प्रत्यारोपण बिहान ९ बजेबाट शुरु गरिने अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

त्यस्तै अस्पतालद्दारा जारी विज्ञप्तिमा मिर्गौला प्रत्यारोपण तयारीका लागि अस्पताल भर्ना गरिएको दोश्रो दिन सम्पूर्ण परीक्षण गरी औषधि दिइएको जनाउँदै यस वीचमा प्रम ओलीको स्वास्थ्यको सवालमा विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिरहेको समेत जनाएको छ ।

त्यस्तै प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गर्ने क्रम जारी रहेकोसमेत विज्ञप्तिमा उल्लेख छ । त्यस्तै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञहरुको   निगरानीमा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समिक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।