शुक्रबार, चैत्र १६, २०८०

अस्पतालमा मृत्यु भएका विरामीमा कोभिड-१९ को संक्रमण नेगेटिभ : प्रवक्ता देवकोटा

  • कोरोनाको परीक्षणमा र्‍यापिड टेस्ट किट’ प्रयोग नगर्न   मन्त्रालयको निर्देशन
  • मन्त्रालयमा पीपीईको एथेष्ट मौज्दात

काठमाडौं चैत १८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा सोमबार वीर र पाटन अस्पतालमा मृत्यु भएका ३ जनामा कोभिड १९ को संक्रमण नदेखिएको जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.18

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.18#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Dienstag, 31. März 2020

 

त्यस्तै उहाँले मन्त्रालयमा पीपीईको एथेष्ट मौज्दात रहेको जानकारी दिदै प्रत्येक प्रदेशमा एक हजार ३०० देखि दुई हजार ५०० सम्म पीपीई पठाइसकेको जानकारी दिनु भएको छ । साथै आजको मिति सम्म १ हजार ६० जनाको स्वास्थ्य परीक्षण भएको र टेकु अस्पतालमा १० र प्रदेशहरुमा ७७ जना ‘आइसोलेसन’ कक्षमा रहेको बताउनुभयो ।  साथै उहाँले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखराबाट कोरोनाभाइरसको परीक्षण सुरु भइसकेको बताउँदै अव धनगढी, जनकपुर र बुटवलमा पनि परीक्षण सुरु गरिने बताउनुभयो ।

त्यस्तै प्रेस ब्रिफिङमा स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहाकार डा। खेम कार्कीले कोरोनाको आशंका गरिएका विरामीको स्वास्थ्य अवस्था र क्वारेन्टाइनमा बसे र नबसेको जानकारी राख्न लिखित विवरण संकलन गरिएको जानकारी दिदै कोरोनाको परीक्षणमा  विश्व स्वास्थ्य संगठनले  समेत  स्वीकृति  नदिएको  र्‍यापिड टेस्ट किटु प्रयोग नगर्न निर्देशन  दिएअनुरुप  मन्त्रायलयले  पनि  उक्त  किट  प्रयोगका लागि निर्देशन   दिदै मापदन्डभन्दा बाहिरका र्‍यापिट टेस्ट किट प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।