शनिबार, बैशाख ८, २०८१

अव १११५ को टोल फ्रि नम्वरमा सम्पर्क गरी कोभिड १९ का जानकारी लिन सकिने

काठमाडौं चैत १०,  स्वास्थ्य मन्त्रालयले कोभिड १९ को संक्रमणबाट बच्न सरकारले सातै प्रदेशमा स्वास्थ्य जनशक्तिलाई कृयाशिल बनाएको छ ।यसको लागि १११५ नम्वरको टोल फ्रि नम्वरमा सम्पर्क गरि जानकारी लिन सकिने व्यवस्था भएको मन्त्रालयलले जनाएको छ ।

कोरोना भाईरस रोगथाम विशेष तयारी तथा उपचार प्रकृयालाई थप प्रभावकारी बनाउन सरकारले सातै प्रदेश अन्तरगत रहेका मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र चिकित्साशास्त्र अघ्ययनरत विधार्थी समेतलाई परिचालित गरिरहेको थाहा भएको छ ।

मन्त्रालयको प्रस्तुत व्यवस्था संगै अब देशभरका सर्वसाधरणले कोरोनाभाइरससम्बन्धी कुनै पनि परामर्श सेवाको आवश्यकता परेको अवस्थामा सोझै सम्पर्क गर्न सकिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।