मङ्लबार, चैत्र ६, २०८०

अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध बैशाख ३ गतेसम्म लम्बियो , विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा नआए कारबाही

काठमाडौ चैत १६, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो बैशाख ३ गतेसम्म जारी राख्दै विदेशबाट फर्केर क्वारेन्टीनमा नबस्ने र सम्पर्कमा पनि नआउने व्यक्तिलाई कारबाही गर्ने भएको छ । सरकारले यसअघि त्यस्ता व्यक्तिलाइ स्वतस्फुर्त होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि धेरैले सरकारको आग्रहलाइ पालना नगरेसंगै समितिले यस्तो निर्णय गरेको हो ।

समितिका अनुसार संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि सम्पर्कमा नआउने प्रवृत्ति आफैम हानिकारक रहेको र यसले उच्च जोखिमलाइ प्रशय दिएको भन्दै संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय सहित यसको लागि सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।
त्यस्तै बैठकले चीनबाट आज विहान आइपुगेका सामग्रीहरू आवश्यक स्थानमा पठाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेपनि अनिवाए क्वारेन्टाइनमा बस्नुपर्ने नितिगत निर्णय गरेको छ । नेपालमा अहिलेसम्म ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन भने अन्य चार जनाको देशको बिभिन्न ठाउँका उपचार भरिरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।