बिहिबार, चैत्र १५, २०८०

अत्याआवश्यक सामाग्री खरिदका लागि वाहेक विनाकाम वाहिर ननिस्कन आग्रह

काठमाडौं चैत १५ , कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपाल सरकारले जारी गरेको साताव्यापी लकडाउनको समयमा दैनिक उपभोग्य तथा अत्याआवश्यक सामाग्री खरिदका लागि वाहेक अरु समयमा विनाकाम वाहिर ननिस्कन नागरिक आग्रह गरिएको छ ।

काठमाडौं महानगरपाकिाल वडा न.१५ मा आज सञ्चालन गरिएको कोभिड – १९ सम्बन्धि बिशेष जनचेतना कार्यक्रम अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र कामपा १५ वडा कार्यालयको तर्फबाट संयुक्तरूपमा माईकिङ गर्दै यस्तो आग्रह गरिएको हो ।

त्यस्तै आफुलाइ आवश्यक दैनिक उपभोग्य सामाग्री खरिदको क्रममा  पसलमा जाँदा मास्कको प्रयोग गर्दै कम्तिमा १- १ मीटरको दुरीमा गोल घेरामा लामवद्ध भइ बस्न खाध् पसल अगाडि  गोलघेरा समेत बनाउने काम भएको  छ ।

कोभिड १९- सम्बन्धि सचेतनाका लागि आफु पनि बाचौं र अरूलाई पनि बचाऔं भन्ने नारा सहित सञ्चलन गरिएको प्रस्तुत चेतनामुलक कार्यक्रममा वडा न. १५ का अध्यक्ष ईश्वरमान डंगोल लगायत वडा सदस्यहरु नेपाली सेना रेञ्जर रेजिमेन्टका मेजर नानू खड्का, महानगरीय प्रहरी बृत्त, स्वयम्भुका प्रहरी नायब उपरीक्षक लाल ध्वज सुबेदी र सशस्त्र प्रहरी बलका नायब उपरीक्षक गहेन्द्र भण्डारी लगायत स्थानीय भद्रभलाड्मीको   उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।