शुक्रबार, चैत्र १६, २०८०

अतिरञ्जित एवम् अफवाह फैलाउने ७ वटा अनलाइनमाथि काउन्सिलले लगायो प्रतिबन्ध

काठमाडौ चैत १२,    नेपाल प्रेस काउन्सिलले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाउने सामग्री प्रकाशन प्रसारण गर्ने ७ वटा सञ्चार माध्यमलाई प्रेस बन्द गराएको छ । काउन्सिलले नेपाल दूर सञ्चार प्राधिकरणलाइ पत्र लेखेर नेपालमा ती अनलाइन  हेर्न नमिल्ने गरी बन्द गराएको हो ।  त्यस्तै १७ वटा अनलाइन,टिभी र पत्रिकालाइ  काउन्सिलले पत्रकार आचारसंहिताविपरितका सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पष्टिकरण     सहित  कारवाहीको दायरमा ल्याएको छ ।

काउन्सिलका अनुसार  विश्वव्यापी आतंकका रुपमा फैलिएको कोभिड १९ को सवालमा   भ्रामक,उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण  गर्ने  काउन्सिल लगायतका अन्य   नियमक निकायमा   दर्ता समेत नभएका ७ वटा  अनलाइन  क्रमस  कास्की खबर, नेपाली अनलाइन न्युज, मिडिया माइ नेपाल , नेपाल इन्साइडर, अल टपहेर, सिधा वाटो डटकम, सिधान्यूज डटकम लगायतका रहेका छन । त्यस्तै न्युज २४ र रिपोटर्स नेपाल   लगायतका मिडियाले राखेको गलत सामग्री हटाउन लगाएर २४ घण्टे स्पष्टिकरण सोधिएको काउन्सिलका जिम्मेवार अधिकारीले जानकारी दिएका छन ।

त्यस्तै  यसअघि प्रेस काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध सहित यसवीचमा निर्देशिका समेत  जारी गरेपनि काउन्सिलको अनुरोध र जारी निर्देशिका विपरितका समाचार सामाग्री प्रकाशन प्रशारण हुने क्रम नरोकिएपछि काउन्सिलले यस किसिमको कारवाही गरेको हो ।

त्यस्तै काउन्सिलले नेपाल पत्रकार आचारसंहिता, २०७३ पहिलो संशोधन, २०७६ को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण नगर्न सम्वद्ध सवैमा आग्रह समेत गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।