बिहिबार, मंसिर १८, २०७७

भारतमा ८१ जना कोरोना भाइरसको संक्रमित मध्ये २ को मृत्यु

काठमाडौं  चैत १ /समाचार एजेन्सी,  भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्राप्त जानकारी अनुसार पछिल्लो पटक दिल्ली अस्पतालमा ६५ वर्षीया महिलाको मृत्यु भएको सम्वद्ध अधिकारीलाइ उदृत गर्दै समाचार माध्यमहरुले जनाएको छ ।

यसअघि बिहिबार कर्नाटकमा ७६ वर्षीय वृद्धको भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । भारतमा हालसम्म ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसअनुसार केरल राज्यमा सबैभन्दा धेरै १९ जनामा महाराष्ट्रमा १४, हरियाणामा १४, उत्तर प्रदेशमा ११,कर्नाटकमा ६,दिल्लीमा ६, लद्दाखमा ३, राजस्थानमा ३,पंजाब, आंध्रप्रदेश १ र तमिलनाडुमा एक जनामा भाइरसको संक्रमण देखिएको छ ।

भाइरसबाट संक्रमित हुनेको सख्या बढेसंगै भारत सरकारले अप्रिल १५ सम्म जारी गरेका सबै भिसा रद्द गरिसेका छन भने दिल्ली,ओडिशा, हरियाणा, महाराष्ट्र लगायत अधिकांश राज्यहरुले विद्यालय र कलेज र सिनेमा हल, सपिङ मल, जिम, मनोरञ्जन केन्द्रहरु अप्रिलसम्मका लागि बन्द गर्ने घोषणा समेत गरिसकेका छन् ।

डब्लुएचओका अनुसार १ सय ३२ देशमा भाइरसको संक्रमण फैलिनुको अलावा  विश्वभर १ लाख ३२ हजार ५ सय जनामा भाइरसको संक्रमण देखिएको जनाउँदै भाइरसका कारण ४ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको पछिल्लो डाटामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829