बिहिबार, मंसिर ११, २०७७

ब्रिटेनका प्रधानमन्त्री जोन्सनलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं चैत १५ , बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । प्रधानमन्त्री जोन्सनले आफ्नो ट्वीटर एकाउण्ट मार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।

BBC  नेपाली सेवाका अनुसार कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख भएको बताएका छन । वेलायती प्रम जोनसनले ट्वीटरमा भिडियो पोष्ट गर्दै, आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको र परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको बताएका छन् ।उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताउदै केही दिन सेल्फ क्वारेन्टिनमा बस्ने र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुने बताएका छन ।

त्यस्तै BBC  नेपाली सेवाले ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोनभाइरस सङ्क्रमण भएको पुष्टि गरेका छन ।यसअघि ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको थियो ।  ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829