मङ्लबार, बैशाख ४, २०८१

राष्ट्रिय सभाको बैठक अवरुद्ध, खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिको निर्देशन

काठमाडौं फागुन ८, राष्ट्रिय सभाको आज बसेको बैठक अवरुद्ध भएको छ । आजको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेको हो ।

पासर्पोट, लाइसेन्स, राजश्वका स्टिकरलगायत छाप्नका लागि सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको तयारी गरेसंगै सेक्युरिटी प्रेस खरिदसम्बन्धी खरिद प्रक्रियामा एक विदेशी कम्पनीका नेपाल एजेन्टसँग घूस मागेको अडियो बाहिर आएसंगै बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा र छानबिनबारे सरकारले प्रस्ट धारणा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै कांग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए । बैठकमा अध्यक्ष गणेश तिमिल्सनाले प्रक्रियाअनुसार माग सम्बोधन गर्ने जानकारी गराएपनि सांसदहरु नबसेपछि बैठक स्थगित गरेका थिए ।

यसैवीच प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्को निर्णय नभएसम्मका सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ । समितिको बैठकले सेक्युरिटी प्रेस खरिदबारे छलफल गर्न बैडकममा वोलास्पनि मन्त्री गोकुल बाँस्कोटा समितिको बैठकमा उपस्थित भएनन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।