शुक्रबार, चैत्र १६, २०८०

पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदार कम्पनी कालो सूचीमा

काठमाडौ फागुन ५,  सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई कालोसूचीको फेहरिस्त सार्वजनिक गर्दै पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदार कम्पनीलाइ कालो सूचीमा रहेको सार्वजनिक जानकारी दिएको छ ।

प्रकाशित कालोसूची फेहरिस्तमा उल्लेखभएअनुसार  कालोसूचीमा पर्ने ठेकेदार कम्पनीमा क्रमस पप्पुसहित अशोक न्यासुर सञ्चालक रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेको उल्लेख गरिएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको सिफारिसमा पप्पु कन्स्ट्रक्सनलाई ३ वर्ष र बाँकी कम्पनीलाइ एक–एक वर्षका लागि कालोसूचीमा राखिएको संगै तोकिएको अवधिभर यस् ठेकेदार कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँने छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।