शनिबार, बैशाख ८, २०८१

पुर्पक्षका लागि थुनामा रहेका महरा विरुद्धको मुद्दामा आज थप सुनवाइसंगै फैसला हुने

काठमाडौं फागुन ५, बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका संघीय ससंदका तत्कालीन सभामुख कृष्ण बहादुर महरा विरुद्धको जिल्ला अदालत काठमाडौंले गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको थियो ।  त्यसपछि पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।  तर उच्च अदालतले जिल्ला अदालतले थुनामा राख्नेगरी भएको आदेशलाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेश दिए अनुरुप काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार बिहानबाट सुनुवाइ शुरु भएको हो ।

आइतवार सुनवाइको क्रममा समयाभावका कारण हेर्दाहेर्दै अदालतले सोमवारका लागि स्थगन भए अनुरुप आज महराको थप सुनवाइ संगै भोलि फैसला आउने संभावना रहेको अदालत स्रोतले जनाएको छ । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ ।

स्मरण रहोस महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । सरकारी पक्षका वकिलको बहस सकिएपछि महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी र भीमार्जुन आचार्य , लभ मैनाली, दिनमणी पोखरेल लगायतले बहस गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।