शुक्रबार, चैत्र १६, २०८०

सरकारको दुइ वर्षे अवधी-अकर्मण्य र अराजकताको परिचायक : काँग्रेस

काठमाडौ फागुन ४, संघीय संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा नेतृत्वको सरकार गठनको दुइवर्षे कार्यकालमा सरकारले प्रभावकारी काम गर्न नसेकेको टिप्पणी सहितको धारणा सार्वजनिक गरेको छ ।  नेकपा नेतृत्वको सरकार गठनको दुइ वर्ष भएको अवसरमा प्रधानमन्त्री केपी आलीले शनिवार संसद बैठकमा सरकारको तर्फबाट भएगरेका कामकारवाहीको फेहरिस्त प्रस्तुत गर्दै गरेको सम्बोधन लक्षित हुँदै काँग्रेसले आज पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो टिप्पणी गर्नु भएको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले संसद बैठकमा प्रम ओलीले जे जसते फेहसिरस्त प्रस्तुत गरेपनि यो दुइ वर्षको अवधीमा आफ्नै प्रवृतिका कारण सरकारले परिणामुखी कुनैपनि त्यस्तेो कार्य सम्पादन गर्न नसकेको बताउँदै द्वन्द्वपीडितको मुद्दा सीमा व्यवस्थापनको मुद्धा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, बजार मूल्य नियन्त्रणलगायत जनअपेक्षित कुनैपनि मुद्धालाइ किनारा लगाउँन नसकेको बताउँनु भएको छ ।

फागुन ४, २०७६प्रतिपक्षको दृष्टिमा सरकारको दुई वर्षेनेकपाको नेतृत्वमा सरकार गठन भएको फागनु ३ गते दुई वर्ष पूरा भएको छ…

Gepostet von Nepali Congress am Sonntag, 16. Februar 2020

साथै उहाँले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने नीति अख्तियार गरेको काँग्रेसले सीमा समस्या , राष्ट्रियता लोकतन्त्र सुदृढीकरण को मुद्दा र समृद्धि लगायतका साझा विषयमा काँग्रेसले सरकारलाई खुलारुपमा साथ दिदा दिदै पनि सरकारले त्यसको सम्बोधन गर्ननसकेको भन्दै कालापनी, लिपुलेक र लिम्पियाधुरा लगायतका भू–भाग फिर्ता गर्ने सम्बन्धमा कूटनैतिक संवाद र परिणामुखी राजनैतिक पहल गर्न नसकेको जनाउ दिनु भएको छ ।

त्यस्तै प्रवक्ता शर्माले सरकारले शक्तिको उन्मादमा अनेकन विवादास्पद विधेयक ल्याउँनुको अलावा निर्मला पन्तको हत्यारा लाइ सार्वजनिक गर्न नसक्नु, सङ्घीय सरकारले केन्द्रको ‘कमजोर शाखा’ का रुपमा प्रदेश सरकारलाई सीमित गर्ने व्यवहार गर्ने जस्ता नितिगत एजेन्दामा विभेदको निति अपनाइनु र संविधानको कार्यान्वयनलाइ नजर अन्दाज गर्नु जस्ता सरकार अनेकन कामकारवाहीसंगै सुशासनको कोणबाट न नवीनता अनुभूति गराउन नसक्नुको अलावा समृद्धिका लागि नवीन परियोजनाको विधिवत् थालनी गर्न नसकेको टिप्पणी गर्नुभयो ।

साथै प्रवक्ता शर्माले यस अवधिमा सत्तारूढ पार्टीकै कार्यकर्ताबाट काँग्रेसका चारजना कार्यकर्ताको हत्या भएको बताउँदै पूँजीगत बजेट २० प्रतिशतभन्दा कम मात्रै खर्च हुन सकेको स्थितिले विकासको कार्यमा समयानुकूल तीव्रात आउन नसकेको बताउनुयो । त्यस्तै पत्रकार सम्म्ेलनमा प्रवक्ता शर्माले काँग्रेसको नेतृत्वको सरकारले अघि बढाएको सम्झौता ‘एमसिसी’लाई वर्तमान सरकारकै अकर्मण्यताका कारण यस बीचमा विवादित भएको बताउँदै यसवीचमा वाइड बडीलगायत हवाईजहाजको खरिदमा भएको भ्रष्टाचार, गोकर्ण रिसोर्टको लिजलगायत प्रकरण संगै आग्रह र पूर्वाग्रहका कारण ललिता निवासको जग्गासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गर्नुले सरकारको धरातल सार्वजनिक भएको बताउँनु भयो ।

अनुदार लोकतन्त्रको दिशामा अग्रसर हुने अनि लोकतान्त्रिक प्रक्रियाबाटै त आएका हौँ भनेर जवाफ फर्काउने कर्मले मात्र लोकतान्त्रिक हुनुको परिभाषालाई पुष्टि नगर्ने बताउँदै  प्रेस स्वतन्त्रता विरोधी विधेयक, प्रशंसा गर्ने मुटुको खुला खोजी, विरोध गर्नेमाथि अरिङ्गाल भई जाइ लाग भन्ने अभिव्यक्ति, न्यायालयलाई कार्यपालिकाको घुमाउरो दबाबमा राख्ने प्रयत्न, संवैधानिक अङ्गहरुलाई सोझै दबाबमा राख्ने कर्म, यी सबैले कम्युनिष्ट सरकारको चित्र र चरित्रलाई प्रतिनिधित्व गरेको जनाउ दिदै सरकारका क्रियाकलाप अर्कमण्य र अराजकताकोे परिचायक भएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।