शनिबार, बैशाख ८, २०८१

सभापति देउवाद्वारा पत्रकार शर्माको निधनमा दुःख व्यक्त

काठमाडौ मााघ २२, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत स्वर्गीय शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

साथै उहाँले लामो अनुभवी तथा निष्ठावान पत्रकार शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । वरिष्ठ पत्रकार शर्माको आज निधन भएको हो ।

नेपाल टेलिभिजनको स्थापनाकालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्य गर्नुभएका स्व शर्मा सोही टेलिभिजनको महाप्रबन्धकसमेत हुनुभएको थियो । स्व शर्माले शुरु गर्नुभएको विश्वघटना नामक कार्यक्रम अत्यन्त चर्चित कार्यक्रमको रुपमा रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।