शनिबार, बैशाख ८, २०८१

सचिवालय बैठकको निर्णय प्रधानमन्त्रीले मान्नुको विकल्प छैन :  अध्यक्ष प्रचण्ड

काठमाडौं फागुन १६, सत्तारुढ नेकपा उपाध्यक्ष बामदेव गौतमलाइ राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने सचिवालय बैठकको निर्णय प्रधानमन्त्री केपी ओलीले कार्यान्व्यन गर्नुभएन भने के हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले सचिवालय बैठकको सिफारिसलाइ कार्यान्वयन नगर्ने भन्ने विषय आफुले कल्पनासम्म पनि गर्न नसकिने बताउँनु भएको छ ।

प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रचण्डले आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गरेको निर्णय प्रधानमन्त्रीले मान्नुको विकल्प नरहेको भन्दै निर्णय कार्यान्वयन गर्ने पक्षबाट प्रम पछि हट्नु हुन्न भन्ने आफुलाइ पूर्ण विस्वास रहेको बताउानुभएको छ । साथै उहाँले जहाँसम्म बैठकको निर्णय कार्यान्वयन गरेन भन्ने जुन सवाल छ त्यसको नवाफ पछिनै थाहा हुने बताउँदै राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष गौतम नै मनोनीत हुने प्रसंगमा विस्वस्त हुन समेत आग्रह गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित भएको भन्दै निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको धेरै उदाहरण विद्यमान रहेको बताउँदै पछिल्लो समय आफुले प्रमुख प्रतिपक्षीदल काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया मात्र भएको बताउँनु भएको छ ।

यसैवीच सत्तारुढ नेकपाको सचिवालय बैठकबाट पार्टी उपाध्यक्ष बामदेव गौतमलाइ राष्ट्रिय सभा सदस्य मनोनयनका लागि मन्त्रीपरिषदले राष्ट्रपति समक्ष गर्ने भनिएको निर्णय सिफारिस आफुले कार्यान्वयन नगर्ने प्रधानमन्त्री केपी ओलीले बताएसंगै पछिल्लो समय नेकपा भित्र अनेकन तरंग सहित चरम विवाद सिर्जना हुन थालेको छ। समाचारस्रोतका अनुसार प्रम ओलीले पार्टी भित्र आफुलाइ एक्ल्याउन अनेकन खेल  भएको भन्दै सचिवालय बैठकको निर्णय आफुले कार्यान्वयन गर्न बाध्य नभएको र मनोनयन सिफारिस गर्ने अधिकार सरकारको तजविजमा रहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।